गोठाटारमा टिपरले ठक्कर दिँदा डिल बहादुरको ज्यान गयो

Thankot Times

थानकोट ।

काठमाडौंको गोठाटारमा टिपरको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका ९ खहरे गोठाटारमा बा.५ ख ११६० नम्बरको निशान गाडी र ना.८ ख ३५४४ नम्बरको टिपर एकआपसमा ठोक्किएर सोमबार राति दुर्घटना हुँदा बा.५ ख ११६० नम्बरको गाडी चालक रामेछाप मन्थली गाउँपालिका ७ घर भई हाल काठमाडौं तेजविनायक बस्ने १९ वर्षीय डिल बहादुर माझीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको विर अस्पतालस्थित ट्रमा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका टिपर चालकको सोही अस्पतालमा उपचार भइरहेको छ प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *