चन्द्रागिरि नगर प्राथमिक अस्पतालमा पाठेघरको मुखको क्यान्सर जाँच शिविर, १५७ जनाको सहभागिता

Thankot Times

थानकोट ।

शनिबार चन्द्रागिरि नगर प्राथमिक अस्पताल थानकोटमा पाठेघरको मुखको क्यान्सर जाँच शिविर सम्पन्न भएको छ । 

चन्द्रागिरि नगर प्राथमिक अस्पताल तथा  नेपाल क्यान्सर केयर फाउण्डेशनको प्राविधिक सहयोग एवं सिद्धार्थ बैंकको आर्थिक सहयोगमा सम्पन्न सो शिविरमा १ सय ५७ जना महिलाहरूको स्वास्थ्य जाँच गरिएको बताइएको छ। 

शिविरमा ३० देखी ४९ वर्ष उमेर समुहका महिलाहरूको निःशुल्क पाठेघर क्यान्सरको स्क्रिनिङ भएको अस्पतालका निर्देशक हेमनाथ आचार्यले जानकारी दिनुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *