काठमाडौंमा बसको ठक्करबाट १७ वर्षीय किशोरको मृत्यु, नाबालक भएकाले पहिचान गोप्य

Thankot Times

थानकोट । 

काठमाडौंको धर्मस्थलीमा बसको ठक्करबाट एक जना किशोरको मृत्यु भएको छ।

मंगलबार राति साढे ६ बजे तार्केश्वर नगरपालिका-६ धर्मस्थलीमा बसको ठक्करबाट १७ वर्षीय किशोरको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए।

बा २ ख ८४१३ बस धर्मस्थलीबाट रत्नपार्क जाँदै थियो। त्यही बेलामा बसले पैदल हिडिँरहेका किशोरलाई ठक्कर दिएको एसपी रिजालले बताए।

ठक्करपछि गम्भीर घाइते भएका किशोरलाई ग्रीन सिटी अस्पतालमा लगिएको थियो। त्यहाँ उपचारको क्रममा ७ बजे उनको मृत्यु भएको थियो।

किशोर नाबालक भएकाले उनको पहिचान खुलाइएको छैन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *