ओडिसामा रेल दुर्घटनाः ३५ पैसाको बीमाले मृतकका आफन्तलाई १० लाखसम्म क्षतिपूर्ति मिल्थ्यो, तर…

Thankot Times

थानकोट । 

जुन महिनाको २ तारिखका दिन भारतको ओडिसा राज्यको बालासोरमा भएको रेल दुर्घटनामा २८८ जनाको मृत्यु भएको छ ।

सयौं घाइते भएका छन् ।

तीनवटा रेल ठोक्किएको दुर्घटनामा ज्यान गुमाउने र घाइते हुनेहरुले ३५ भारतीय पैसाको बीमा गरेको भए धेरैले क्षतिपूर्ति पाउँथे ।

रेलमा सिट बुक गर्नेहरुले भारतीय ३५ पैसाको बीमा शुल्क पनि तिर्नसक्छन् ।

भारतीय रेलवे खानपान तथा पर्यटन निगम (आईआरसीटीसी)को पोर्टलबाट टिकट खरिद गर्ने यात्रुका लागि यो सुविधा उपलब्ध छ ।

रेल टिकटमा बीमा शुल्क अनिवार्य छैन् ।  वैकल्पिक मात्रै हो ।

ओडिसामा भएको दुर्घटनामा दुईवटा रेलमा यात्रा गर्ने एक हजारभन्दा बढी यात्रुमध्ये ५४ प्रतिशतले मात्रै बीमाका लागि ३५ पैसा भुक्तानी गरेको पाइएको छ ।

तर, यो अनिवार्य गरिएको भए दुर्घटनामा ज्यान गुमाएका सबै २८८ जनाका आफन्तलाई ठूलो आर्थिक सहयोग हुन्थ्यो ।

यो बीमाले अस्पताल खर्च २ लाख, स्थायी असक्षमताका लागि साढे सात लाख, पूर्ण स्थायी असक्षमताका लागि १० लाख र मृत्यु भएको अवस्थामा पनि १० लाख उपलब्ध गराउँछ । शव सम्बन्धित ठाउँमा लैजान १० हजार रुपैयाँसमेत बीमाले उपलब्ध गराउँछ ।

यो बीमा प्रधानमन्त्री सुरक्षा बीमा योजना वा प्रधानमन्त्री जीवन ज्योति बीमा योजनाजस्ता सरकारद्वारा सञ्चालित बीमा योजनाबाट दाबी गर्न सकिन्छ ।

इकोनोमिक्स टाइम्स


Leave a Reply

Your email address will not be published. Required fields are marked *