एकीकृत खानेपानी तथा सरसफाई विधेयक चन्द्रागिरि नगर कार्यपालिकाबाट पास !

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगर कार्यपालिकाको बैठकले नगरको एकीकृत खानेपानी तथा सरसफाई व्यवस्थापन सम्बन्धी विधेयक पारित गरेको छ ।

मंगलबार बसेको नगरको कार्यपालिका बैठकले सो विधयेक पारित गरेको नगरप्रमुखको सचिवालयले जनाएको छ ।

आगामी असार ७ गते बस्ने नगरको बाह्राैं नगर सभाले सो विधेयक अनुमोदान गरेमा चन्द्रागिरि नगरपालिकामा एकीकृत खानेपानी तथा सरसफाई व्यवस्थापनको कार्यले गति लिनेछ ।

जनप्रतिनिधिहरूको अघिल्लो कार्यकालमा नै सो विधेयक पारित गर्ने प्रयास भएको भएपनि सार्थक हुन सकिरहेको थिएन् ।

नगरप्रमुख घनश्याम गिरीको सचिवालयले सामाजिक सञ्जालमा लेखेको छ ‘मंगलबार नगरको सामाजिक विकास समितिबाट छलफल गरि विधायन समितिबाट पारित भई पेश भएको चन्द्रागिरि नगरपालिकाको एकीकृत खानेपानी तथा सरसफाई व्यवस्थापन सम्बन्धी विधेयक- २०८० संशोधनसहित पारित भई  असार ७ गते बस्ने नगरसभामा अनुमोदनको लागि पेश गर्ने निर्णय भएको छ’

चन्द्रागिरि नगरमा समान रूपमा खानेपानी वितरण एवं व्यवस्थापनका लागि विभिन्न वडाहरूमा सो विधयेकको व्यवस्था गर्न माग हुँदै आएको छ।

चन्द्रागिरि नगरपालिकामा हालसम्म २४ वटा ऐन, ५ वटा नीति तथा कार्यक्रम, २ वटा नियमावली, ३८ वटा कार्यविधि, १ आचार संहिता, ३ वटा मापदण्ड र ३ वटा निर्देशिका तर्जुमा भईसकेका छन् ।


One thought on “एकीकृत खानेपानी तथा सरसफाई विधेयक चन्द्रागिरि नगर कार्यपालिकाबाट पास !

Leave a Reply to Santa man shrestha Cancel reply

Your email address will not be published. Required fields are marked *