कालीमाटीमा भेटियो अधिराजकुमार नीराजनको नामको जग्गा
थानकोट ।
तत्कालीन अधिराजकुमार नीराजनविक्रम शाहको नाममा काठमाडौंमा थप जग्गा भेटिएको छ ।
काठमाडौं- १३ कालीमाटीमा करिब सात आना जग्गा फेलापरेको नेपाल ट्रस्टको कार्यालयले जनाएको छ ।
गत ३१ जेठमा बसेको नेपाल ट्रस्ट सञ्चालक समितिको बैठकले सो जग्गा ट्रस्टको नाममा ल्याउने निर्णय गरेको छ ।
ट्रस्टको कार्यालयका कार्यकारी सचिव सरजुकुमार वैद्यका अनुसार बोर्डको निर्णयपछि सो जग्गा ट्रस्टको नाममा ल्याउने प्रक्रिया अघि बढेको हो ।
ट्रस्टले पूर्वराजा वीरेन्द्र र उनको परिवारका नाममा रहेको सम्पत्तिको खोजी र संरक्षण गर्दै आएको छ ।
नीराजनको नाममा रहेको कालीमाटीको जग्गा मोहीका कारण ट्रस्टले पत्ता लगाएको हो नयाँ पत्रिकामा खबर छ । मोहीले नै आधा जग्गा माग गर्दै ट्रस्ट कार्यालयमा निवेदन दिएपछि आधा दिएर बाँकी आफ्नो नाममा ल्याएको हो ।











