सामाजिक सञ्जालमा मेयर बालेन लेख्छन् अदालतको कारबाही भोग्छु तर फिल्म चल्न दिन्न्ँ

Thankot Times

थानकोट ।

काठमाडाैं महानगरपालिकाका मेयर बालेन्द्र शाहले अदालतकै आदेश आए पनि विवादित फिल्म ‘आदिपुरुष’ चल्न नदिने बताएका छन् । सामाजिक सञ्जालमा पाेस्ट शेयर गर्दै उनले देशकाे सार्वभाैमिकता र स्वाधीनतामा आँच आउने गरी आफूले कानुन र अदालतलाई नमान्ने बताएका हुन् ।

 फिल्म लेखकले नै नेपाल, भारतकै अधीनमा थियो भनी सकेपछि उनीहरूको नियत थाहा हुने बालेनकाे भनाइ छ । 

आफ्नाे अडानलाई नेपाल सरकारले स्टन्ट भन्नु र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा रहेकाे तथा अदालत र सरकार भारतको गुलाम भएको बुझिने मेयर बालेनकाे तर्क छ । ‘यसको लागि जुनसुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइने छैन’, उनले लेखेका छन् । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *