रास्वपा स्थापना दिवसका अवसरमा कीर्तिपुरस्थित बाघभैरव परिसरमा दीप प्रज्वलन
थानकोट ।
राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना दिवसका अवसरमा सो पार्टीले देशभर बिहीबार विविध कार्यक्रम आयोजना गरेको छ ।
रास्वपाको प्रथम स्थापना दिवसका अवसरमा सो पार्टीको कार्यालयमा आयोजित चियापान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरू सहभागी भएका छन् ।
सो पार्टीको काठमाडाैं क्षेत्र नं. १० को क्षेत्रीय समितिको आयोजनामा बिहीबार साँझ कीर्तिपुरस्थित प्रसिद्ध बाघ भैरव मन्दिर परिसरमा दीप प्रज्वलन गरिएको हो।
सो क्रममा काठमाडाैं जिल्ला संयोजक प्रदिप विष्ट, क्षेत्र नं. १० संयोजक सविना महर्जन लगायतको रास्वपाका नेता कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो ।

तस्बिरः सामाजिक सञ्जाल












