विश्वकप क्रिकेट छनोटः साताैं स्थानको खेलमा आयरल्यान्डसँग आज प्रतिस्पर्धा गर्दै नेपाल

Thankot Times

थानकोट ।

नेपाली क्रिकेट टिमले आज टेस्ट राष्ट्र आयरल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ ।

जिम्बाब्वेमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटअन्तर्गत नेपालले आयरल्यान्डसँग प्रतिस्पर्धा गर्न लागेको हो । 

सुपरसिक्समा पुग्न नसकेका दुवै टोलीले आज सातौँ स्थानका लागि खेल्न लागेका हुन् । सो खेल हरारेस्थित टाकासिंगा स्पोर्ट्स क्लबमा नेपाली समयअनुसार दिउँसो १२ः४५ बजेबाट सुरु हुनेछ ।

नेपालले टेस्ट राष्ट्रविरुद्ध एक दिवसीय खेल्न लागेको यो तेस्रो पटक हो । यसअघि टेस्ट राष्ट्रविरुद्ध भएको दुवै खेलमा नेपाल पराजित हुन पुगेको थियो ।
नेपालले विश्वकप छनोटमा समूह चरणमा टेस्ट राष्ट्रविरुद्धको खेलमा आयोजक जिम्बाब्वे र वेस्ट इन्डिजविरुद्ध हार बेहोरेको थियो । नेपालले आयरल्यान्डविरुद्ध जित निकाल्न सके टेस्ट राष्ट्रविरुद्ध पहिलो जित हुने छ ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *