सवारी चालक अनुमति पत्रको राजस्व तिर्न विद्युतीय भुक्तानीको सुरूवात

Thankot Times

थानकोट। 

सरकारले सवारी चालक अनुमति पत्रको अनलाइन राजस्व भुक्तानीसहितको विद्युतीय सेवा प्रवाहको शुभारम्भ गरेको छ ।  

बुधबार सिंहदरबारमा एक कार्यक्रमकाबीच भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले विद्युतीय सेवा प्रवाहको औपचारिक उद्घाटन गरेका हुन् ।

कार्यक्रममा बोल्दै उनले सो सेवालाई एक महिना भित्रै देशव्यापी रूपमा लागू गर्ने प्रतिबद्धता व्यक्त गरे । 

कास्की यातायात व्यवस्था कार्यालयबाट आजै सुरु गरिएको सो सेवा एक महिनाभित्र देशव्यापी रूपमा लागू गर्ने मन्त्री ज्वालाले बताए । उनले यातायात व्यवस्था विभागमा सेवाग्राहीले भिड लाग्नुपर्ने अवस्थाको अन्त्य गर्न सरकारले सो सेवा शुभारम्भ गरेको पनि स्पष्ट पारे ।

मन्त्री ज्वालाले सो सेवालाई एक महिना भित्र देशव्यापी रूपमा लागू गराउने गरी आजैबाट सरकार क्रियाशील हुने पनि बताए ।

उनले सो सेवालाई देशव्यापी बनाउने काममा प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्रालय र मातहतका निकायहरुलाई परिचालन गरिने बताए ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *