एकीकृत खानेपानी ऐनको विरोधमा चन्द्रागिरि नगरमा भोलि विरोध र्याली, ऐन सबैको हितमा रहेको नगरप्रमुखको भनाई

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिकाको बाह्राैं नगरसभाबाट पारित भएको चन्द्रागिरि एकीकृत खानेपानी तथा सरसफाई व्यवस्थापन सम्बन्धी ऐन, २०८०को विरोधमा भोलि बिहीबार चन्द्रागिरि नगर क्षेत्रमा क्रियाशील खानेपानी तथा सरसफाई उपभोक्ता समितिहरूले कार्यक्रम आयोजना गर्ने भएका छन् ।

चन्द्रागिरि नगर स्तरीय एकीकृत खानेपानी समन्वय समितिको संयोजनमा बिहान १० बजे विरोध र्याली सुरू हुने सो समितिका संयोजक पुरूषोत्तम उदासले जानकारी दिनुभयो । 

लामो समयदेखी खानेपानी सेवा वितरण सेवा क्रियाशील उपभोक्ता समितिहरूको अस्तित्व नै नरहने गरी जारी भएको सो ऐनको विरोधमा सो र्याली कार्यक्रम संयोजन भइरहेको एकीकृत खानेपानी समन्वय समिति जनाएको छ । सो कार्यक्रममा नगरका अधिकांश वडाका खानेपानी उपभोक्ता समितिहरूले ऐक्यबद्धता जनाउने सूचना सम्बद्ध समितिहरूले सामाजिक सञ्जालमा सूचना प्रेषित गरेका छन् । 

पर्याप्त तयारी बिना नै ऐन जारी भएको, स्पष्ट कार्य योजना नै तयार नभइ ऐन ल्याइएको लगायतका आरोप चन्द्रागिरि नगर स्तरीय एकीकृत खानेपानी समन्वय समितिले लगाएको छ । 

 यसैबीच चन्द्रागिरि नगरका मेयर घनश्याम गिरीले नगरपालिकाको बाह्राैं नगरसभाबाट पारित भएको चन्द्रागिरि एकीकृत खानेपानी तथा सरसफाई व्यवस्थापन सम्बन्धी ऐन, २०८० लामो समयको अध्ययनपछि पारित भएको बताउनुभएको छ ।

बुधबार साँझ स्थानीय सञ्चारकर्मीहरूसँगको भेटमा मेयर गिरीले सो बताउनुभएको हो ।

नगरबासीहरूको सुविधाका लागि नै सो ऐन जारी भएको बताउनुहुँदै मेयर गिरीले हाल कायम भइरहेको खानेपानी व्यवस्थापनमा थप चुस्तता ल्याउने समेत बताउनुभयो ।

चन्द्रागिरि एकीकृत खानेपानी तथा सरसफाई व्यवस्थापन सम्बन्धी ऐन, २०८० का सन्दर्भमा नगरप्रमुखको भनाइः 

चन्द्रागिरि एकीकृत खानेपानी व्यवस्थापन विधेयक पारित, कार्यान्वयन कति सहज ?


One thought on “एकीकृत खानेपानी ऐनको विरोधमा चन्द्रागिरि नगरमा भोलि विरोध र्याली, ऐन सबैको हितमा रहेको नगरप्रमुखको भनाई

  1. चन्द्रागिरि नगर पालिकाकाे नगर सभा २०८० ले नगर क्षेत्र भित्रका सम्पूर्ण खानेपानी उपभोक्ता समितिलाई एकीकृत गरि एउटै निकायमा राख्नु पर्छ भनेर गरेकाे निर्णय नियम संगत,न्यायपूर्ण छ किन कि नागरिकहरुकाे हक र हितार्थका लागि नै गरेकाे हाे यसमा दुई मत छैन यसमा केही सकरात्मक र नकारात्मक पनि हाेला तर उपभाेक्ता समितिले आ आफ्नाे अनूकुलतामा काम गरेकाे थियाे जस मध्ये समितिहरुकाे नियमन भएकै थियन र एउटै नगर भित्र एक रुप्ताकाे सेवा सुविधा थियन र प्राकृतिक खानेपानीकाे मुहानहरु एकाधिकार थियाे जसमा यश एकीकृत खानेपानी विधियकले एकाधिकारकाे सञ्जाल ताेडिने छ।
    त्यसतै खानेपानीकाे उपभोक्ता काे घर सम्म पुग्दा सम्म मनाेवाेली पद्धति ले भर गरेकाे थियाे र दक्ष जनशक्ति काे माध्यामवाट सञ्चालन गर्न कठिन थियाे खानेपानी वितरण प्रणालीमा वैज्ञानीक थियन तसर्थ यी यावत समस्या ले जर जर थियाे भने नगरपालिकाकाे मातहत जांदा चुनाैती त छ नै साे चुनाैतीकाे सामना गर्न सामर्थ्यवान छ भन्ने वुझाईवाट याे विधियक नगर सभावाट पास हुनु सवैका लागि कल्याण छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *