माेबाइलमा करेन्ट लाग्दा एक जनाकाे मृत्युु

Thankot Times

थानकोट ।

झापामा फोनमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।

झापाको गौरीगञ्ज गाउँपालिका १ टुनु बस्ने ५५ वर्षिया सिला बुढाथोकीको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

चार्जमा रहेको मोबाइलमा फोन आएपछि उठाउने क्रममा अचानक फोनबाट करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *