सातौं प्रधानमन्त्री कप राष्ट्रिय भलिबल लिग: महिलातर्फ न्यू डायमण्डलाई तेस्रो स्थान
थानकोट ।
काठमाडाैंमा सम्पन्न सातौं प्रधानमन्त्री कप राष्ट्रिय भलिबल क्लब लिगको महिलातर्फ नेपाल पुलिस क्लब च्याम्पियन बनेको छ । पुरूषतर्फ हेल्प नेपालले प्रतियोगितामा अपराजित रहँदै उपाधी चुम्यो ।
फाइनलमा पुलिसले एपिएफलाई ३-१ को सेटमा हराउँदै ६ लाख पुरस्कार पक्का गरेको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहल त्रिपुरेश्वरमा भएको फाइनलमा २५-१२, २१-२५, २५-२३, २५-१९ को सेटमा हराउँदै उपाधि जितको हो ।
विजेता टोली पुलिस क्लब ले ६ लाख, दोस्रो हुने एपिएफले ३ लाख, तेस्रो हुने न्यू डायमण्डले १ लाख ५० हजार र चौथो हुने आर्मीले ७५ हजार रुपैयाँ प्राप्त गरेका छन्।
तेस्रो स्थानको खेलमा न्यू डायमण्डले नेपाल आर्मीको चुनाैती पन्छाएको थियो ।
यसैगरी हेल्प नेपालले पुरुष राष्ट्रिय भलिबल क्लब लिगको उपाधि जित्ने क्रममा शनिबार फाइनलमा ३-१ को सेटमा नेपाल पुलिसलाई पराजित गर्दै च्याम्पियन बन्यो ।













