जनकपुरधाम-जयनगर रेल सेवा आजदेखि

Thankot Times

थानकोट । 

जनकपुरधाम–जयनगर रेल सेवा आजदेखि विस्तार हुने भएको छ ।

भारतको जयनगरदेखि जनकपुरधामको कुर्था हुँदै महोत्तरीको भंगहासम्म रेल सञ्चालन हुने भएको हो । 

ब्रोडगेज रेल सेवा थप १७ किलोमिटर दुरीमा सञ्चालन हुने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए । 

उनका अनुसार जनकपुरधामको कुर्थादेखि महोत्तरीको विजलपुरासम्म थप १७ किलोमिटरमा सञ्चालनको शुभारम्भ गर्न  नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला जाने महाप्रबन्धक झाले जनाए । 

अहिले जनकपुरधामदेखि जयनगरसम्म ३४ किलो मिटरमा रेलले सेवा दिइरहेको छ ।  

नेपाल रेल्वे कम्पनीले यसका लागि महोत्तरीको भंगहामा रेल सेवाको विस्तारको कार्यक्रम समेत राखेको छ । कुर्था विजलपुरा खण्डमा रेल सेवा सञ्चालन भएपछि ब्रोडगेज रेलको लम्बाई ५२ किलोमिटर पुग्नेछ । 

यसअघि जनकपुरधामदेखि कुर्थासम्म करिब ३५ किलोमिटर क्षेत्रफलमा रेल्वे सञ्चालनमा थियो । रेल्वे विजलपुरासम्म सञ्चालनमा आउने भएपछि सञ्चालनको समयमा हेरफेर भएको झाले बताए । 

अब महोत्तरीको विजलपुराबाट बिहान ७ः३० बजे रेल जयनगरका लागि चल्नेछ । जयनगर हुँदै जनकपुरधामबाट साँझमा विजलपुराका लागि रेल्वे प्रस्थान हुनेछ ।

यसअघि न्यारोगेज रेल्वे विजलपुरासम्म सञ्चालनमा थियो । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *