स्की संघको अध्यक्षमा जीवनराम श्रेष्ठ, १९ सदस्यीय कार्य समितिमा चन्द्रागिरिका भाइकृष्ण बलामी

Thankot Times

थानकोट । 

नेपाल स्की संघको आइतबार बसेको पाँचौं साधारण सभाले जीवनराम श्रेष्ठको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

साधारण सभाले सर्वसम्मत निर्विरोध नयाँ कार्यसमिति गठन गरेको हो ।

संघको उपाध्यक्षमा राजाबाबु श्रेष्ठ, शम्भु लामा, माधव अर्याल र रमा भट्टराई छन् ।

यस्तै महासविच विजय श्रेष्ठ, सचिवमा वसन्त कार्की र शान्तामाया परियार कोषाध्यक्षमा जितेन्द्र श्रेष्ठ निर्विरोध भएका छन् ।

संघको सदस्यहरूमा चन्द्रागिरि नगरपालिका ०६ मातातीर्थका भाइकृष्ण बलामीसहित अर्जुन महर्जन, कृपा श्रेष्ठ, लामाकाजी शेर्पा, रुक्मती जागरी, नाम्ग्या ग्याल्जेन वाङ्दी गुरुङ, टासी ग्याल्जेन शेर्पा, वीरबहादुर रावल भोटे, ज्ञानेन्द्रकुमार श्रेष्ठ र फुन्जो लामा चयन भएको बताइएको छ। 

साधारण सभामा बोल्दै नेपाल ओलम्पिक कमिटीका अध्यक्षसमेत रहेका अध्यक्ष श्रेष्ठले अबको दिन संघले थप कार्यक्रम गर्ने र नेपालमा स्की आयोजनाका सम्भावित नयाँ स्थानको खोजी गर्ने बताए ।

साधारण सभामा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ लगायतको उपस्थिति रहेको थियो ।

संघले राष्ट्रिय खेलकुद परिषदसँगको समन्वयमा नयाँ खेलकुद ऐन अन्तर्गत संघको स्वायत्तताको मूल सिद्धान्त अनुसार नयाँ कार्यसमिति चयन गरेको हो । संघमा ३३ प्रतिशत महिला प्रतिनिधित्वको व्यवस्था पनि लागू गरिएको बताइएको छ। 


Leave a Reply

Your email address will not be published. Required fields are marked *