थक्वाः (थानकोट) मा आज झाःदिखः मनाइँदै, यस्तो छ झाःदिखः को किंवदन्ती

Thankot Times

थानकोट। 

चन्द्रागिरि नगरपालिका ३ र ४ थानकोटमा आज झाःदिखः (रोपाईँ पर्व) मनाइँदैछ ।

यो पर्व धुमधामका साथ मनाउनका लागि चन्द्रागिरि नगरपालिका ३ र ४ नं. वडा कार्यालयले सूचना नै जारी गरेका छन् । 

झाःदिखः हरेक असार साउन महिनामा मनाउने गरिन्छ ।

गाउँभरिका किसानहरूले खेतमा रोपाँई सकिएपछि एकैदिन पारेर मनाउने यो उत्सवका लागि कुनै खास तिथि निर्धारण हुँदैन् । तथापी खास गरी सम्भव भएसम्म सबै रोपाँई सकिएको आठाैं दिनमा झाःदिखः मनाउने परम्परा रहेको छ । 

पहिले पहिले गाउँका द्वारे तथा मूल नाइकले झाःदिखः को दिन तोक्ने गर्दथे । साथै सो दिनको लागि मासुको व्यवस्था पनि नाइकेहरूले नै गर्दथे । राँगो काटेर उधारोमा सबैलाई मासु भाग पुर्याउँदथे । अहिले नाइके वा द्वारेको व्यवस्था लोप भइसक्दा स्थानीय सरकार (वडा कार्यालय)ले  दिन तोक्ने काम गर्दछ । 

रोपाँई अवधिभर जथाभावी खानपान गरेकोले चोख्याउन यस दिन नुवाइ धुवाइ गरी वर्ष दिनको काम सफलताका साथ सम्पन्न भएकोले झाःदिखः मा भोज खाने परम्परा चलेको जनश्रुति रहेको छ ।

यस दिनमा रोपाइँका लागि ग्वाहाली (सहयोग गर्ने) आउने इष्टमित्र तथा चेली बेटीलाई निम्त्याएर भोज ख्वाएर, खाएर यस दिनमा रमाइलो गर्ने चलन छ ।

तर बढ्दो शहरीकरणका कारण खेतीयोग्य जमिनमा संरचनाहरू बन्ने क्रम बढ्दै जाँदा झाःदिखः आफैंमा किंम्बदन्तीमा रूपान्तर हुने तरखरमा छ । 

श्रावण १ गते थानकोटमा झदिखः (रोपाईँ पर्व) मनाइने


Leave a Reply

Your email address will not be published. Required fields are marked *