बजेटमा मनपरी गरेको भन्दै उपाध्यक्षले कुटिन् अध्यक्ष

Thankot Times

थानकोट ।

गुठिचौर गाउँपालिका जुम्लाकी उपाध्यक्ष शान्तिकुमारी मल्ल (भण्डारी) ले गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढामाथि हातपात गरेकी छिन्।

गाउँ कार्यपालिकाको बैठकमा नै मल्लले बुढामाथि हातपात गरेकी थिइन्। अध्यक्षले बजेटमा मनपरी गरेको उपाध्यक्ष मल्लको आरोप छ।

यता गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले कार्यपालिकाको बैठकमा आफूमाथि हातपात भएको भन्दै जिल्ला प्रहरी कार्यालय जुम्लामा उजुरी दिएका छन्।

उपाध्यक्ष मल्लले आफूले हातपात गरेको स्वीकार गरेकी छिन्। आफू अत्याचार सहन नसकेर कुनै उपाय नलाग्दा हातपात गर्न बाध्य भएको उनको भनाइ छ। अध्यक्ष बुढाले आफ्नो अधिकारलाई कुण्ठित गरेको र आफू पीडित भएको बताए।

उपाध्यक्ष ज्युले अध्यक्षको कार्यकक्षमा पुगेर हातले गालामा दुई थप्पड हिर्काएपछि चप्पलले पनि हिर्काएको गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर-१ का वडा अध्यक्ष अर्जुन महताराले बताए।

उपाध्यक्ष भण्डारीले बजेटमा अध्यक्षले मनपरी गरेको भन्दै हातपात गरेको महताराको भनाइ छ। यता जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी प्रल्हाद कार्कीले अध्यक्ष माथि भएको भन्ने उजुरी आएको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *