एसीसी इमर्जिङ टिम्स एसिया कपः लगातार दोश्रो हारपछि नेपाल समुह चरणबाटै बाहिरियो

Thankot Times

थानकोट ।

श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिताको उपाधि होडबाट नेपाल बाहिरिएको छ ।

सोमबार भारतसँग ९ विकेटको पराजय व्यहोरेसँगै नेपाल उपाधि होडबाट बाहिरिएको हो ।

लगातार दोस्रो जितसँगै भारत र पाकिस्तान प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेका छन् ।

भारत र पाकिस्तान दुबैको चार-चार अंक छ । नेपाल र यूएई हालसम्म अंकविहीन छन् ।

नेपालले समूहगत चरणको अन्तिम खेल बुधबार यूएईसँग खेल्नेछ ।

यूएई पनि प्रतियोगिताबाट बाहिरिइसकेको छ।

सोमबारको खेलमा टस जितेको नेपालले पहिले ब्याटिङ गर्दै ३९.२ ओभरमा अलआउट हुनुअघि एक सय ६७ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको भारतले २२.१ ओभरमा केवल एक विकेट गुमाएर एक सय ७२ रन बनाउँदै विजयलक्ष्य पार गरेको थियो ।

भारतको एकमात्र विकेट कप्तान रोहित पौडेलले लिएका थिए ।

उनले ८७ रनमा भारतका ओपनर ब्याट्सम्यान अभिषेक शर्मालाई पेभेलियन फर्काएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *