चन्द्रागिरि नगरले सार्वजनिक गर्यो सूचीकृत मेलमिलापकर्ताको नाम, कुनै वडामा १ जना कुनैमा ५ !
थानकोट।
चन्द्रागिरि नगरपालिकाले चालु आर्थिक वर्षका लागि सूचिकृत भएका मेलमिलापकर्ताहरूको नामावली प्रकाशन गरेको छ ।
सार्वजनिक भएको सो सूचीमा नगरका सबै १५ वटै वडा समेटिएका छन् । यद्यपी कुनै वडामा १ जना मेलमिलापकर्ता रहेका छन् भने कुनैमा ५ जनासम्म मेलमिलापकर्ता रहेको देखिन्छ ।
चन्द्रागिरि नगरपालिकाले नगरको न्यायिक समिति ऐन बमोजिम सञ्चालन हुने मेलमिलाप केन्द्रहरूमा मेलमिलापकर्ताका रूपमा कार्य गर्न इच्छुक मेलमिलापकर्ताहरूलाई सूचीकृत हुन गत जेठ १९ गते सूचना जारी गरेको थियो ।
सूची हेर्नुहोस्ः















