एसीसी इमर्जिङ टिम्स एसिया कपः पहिलो जितको खोजीमा नेपाल र यूएई ‘ए’

Thankot Times

थानकोट । 

श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले युएई ‘ए’ सँग आज आफ्नो अन्तिम खेल खेल्दैछ।

खेल नेपाली समय अनुसार बिहान सवा १० बजे स्थानीय पिसारा ओभलमा हुनेछ।

समूह ‘बी’ मा रहेका नेपाल र युएई ‘ए’ दुवै टोली समूह चरणबाट बाहिरी सकेका छन्।

नेपाल पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग ४ विकेट र दोस्रो खेलमा भारत ‘ए’ सँग ९ विकेटले पराजित भएको थियो। त्यस्तै युएई पनि भारत र पाकिस्तान ‘ए’ टोलीसँग पराजित भएको थियो।

आठ टोली सहभागी प्रतियोगितामा समूह ‘ए’ बाट श्रीलंका र बंगलादेश तथा समूह ‘बी’ बाट भारत र पाकिस्तान सेमिफाइनलमा पुगेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *