कतै यात्रा गर्दै हुनुहुन्छ ? यस्तो छ आज बिहीबार दिनभरको माैसम अनुमान

Thankot Times

थानकोट ।

थानकोट क्षेत्रमा अहिले पारिलो घाम लागेको छ । यद्यपी आकाशमा बादल मडारिएको छ ।

माैसम पूर्वानुमा महाशाखाका अनुसार  देशका विभिन्न भागमा आज वर्षाको सम्भावना रहेको छ ।

केही भू–भागमा विहानैबाट वर्षा भइरहेको छ । आज बिहान सुदूरपश्चिम प्रदेश, लुम्बिनी र वाग्मती प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहेको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भू–भागका केही स्थानमा र बाँकी भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोसी प्रदेशलगायत देशका पहाडी भू–भागका थोरै स्थानमा तथा बाँकी भू–भागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

विभागले हावाहुरी, वर्षा, मेघगर्जन र चट्याङ, गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका कारण हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । 

हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *