१ क्विन्टल सुन तस्करी प्रकरण, महादेवस्थानबाट समातिए कृष्ण श्रेष्ठ

Thankot Times

थानकोट ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको करिब १ सय किलो सुन तस्करीमा संलग्न आरोपमा थप १ जना पक्राउ परेका छन् । 

राजस्व अनुसन्धान विभागको टोलीले बिहीबार कोटेश्वरको महादेवस्थानबाट कृष्ण श्रेष्ठलाई नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरी बलसँगको समन्वयमा कृष्ण श्रेष्ठलाई पक्राउ गरिएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले बताए । यद्यपी श्रेष्ठको ठेगाना खुलेको छैन् ।

यसअघि कोटेश्वरबाट नै विभागको टोलीले राजन श्रेष्ठलाई पक्राउ गरेको थियो । सुन तस्करी प्रकरणमा पक्राउ परेकाहरुको संख्या १० जना पुगेको छ । 

 श्रेष्ठ ट्रान्स ग्लोबल सर्भिसेस प्रालिका अध्यक्ष हुन् । यसअघि यसै कम्पनीका फाइनान्स डाइरेक्टर पुष्करराज भट्टलाई पनि प्रहरीले पक्राउ गरेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *