नागढुंगामा लापसे चेकिङः ४ जना चालक प्रहरी नियन्त्रणमा
थानकोट ।
नागढुंगामा शुक्रबार गरिएको चेकिङका क्रममा लागुपदार्थ सेवन (लापसे) गरी सवारी साधन चलाउँदै गरेका ४ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा ना ४ ख ७१५० नम्बरका ट्रक चालक काठमाडौँको नागार्जुन नगरपालिका ५ का ३२ वर्षीय मनोज श्रेष्ठ, ना ३ ख ४९६१ नम्बरका ट्रक चालक पर्साको वीरगंज महानगरपालिका १७ का २४ वर्षीय रोशन कुमार पटेल, बागमती प्रदेश ०३-००१ ख २२९६ नम्बरका ट्रक चालक बाराको जितपुर सिमरा उपमहानगरपालिका २ का ३० वर्षीय राम कुमार श्रेष्ठ र बा ३ ख ७९०५ नम्बरका हाइस चालक पाल्पाको पिपलडाँडाका ३५ वर्षीय हरी बहादुर चिडि रहेका छन् ।
नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुंगाको संयुक्त टोलिले शुक्रबार २५ वटा सवारी साधनका चालकलाई चेक गर्दा ४ जना भने लागुपदार्थ सेवन गरी सवारी साधन चलाएको अवस्थामा फेला काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताए ।
फाइल तस्बिर












