काठमाडाैं क्षेत्र नं. १० ख का सांसद्सहित १० उम्मेदवारलाई निर्वाचन आयोगले तिराउने भयो जरिवाना

Thankot Times

थानकोट ।

निर्वाचन आयोगले चुनाव खर्चको विवरण सार्वजनिक नगर्ने २ हजार ४ सय ३५ उम्मेदवारलाई जरिवाना गर्ने निर्णय गरेको छ ।

आयोगले तोकिएको समयभित्र निर्वाचन खर्चको विवरण सार्वजनिक नगर्ने प्रतिनिधि सभातर्फका १ हजार ३७ जना र प्रदेश सभातर्फका १ हजार ३ सय ९८ गरी कुल २ हजार ४ सय ३५ जना उम्मेदवारहरूलाई जनही १५ हजार रुपैयाँका दरले जरिवाना गर्ने निर्णय गरेको हो ।

प्रदेश सभा सदस्यतर्फ काठमाडाैं क्षेत्र नं. १० ख का १० जना उम्मेदवारलाई समेत निर्वाचन आयोगले जरिवाना गर्ने निर्णय गरेको छ ।

यस क्षेत्रमा २ स्वतन्त्रसहित १२ जनाले उम्मेदवारी दर्ता गराएकामा नेकपा समाजवादीबाट रमा आलेमगर विजयी हुनुभएको थियो । सांसद् आलेमगर पनि निर्वाचन खर्च विवरण ढिला बुझाएका कारण आयोगको जरिवानामा पर्नुभएको छ।

काठमाण्डाै क्षेत्र नंं १० प्रदेश २मा ६२६ मतान्तरसहित नेकपा समाजवादीबाट रमा आलेमगरको जित

को को छन् निर्वाचन आयोगले जरिवाना तिर्नुपर्ने सूचीमा ?

काठमाडाैं क्षेत्र नं. १० का १० जना उम्मेदवारलाई निर्वाचन आयोगले तिराउने भयो १५ हजार जरिवाना


Leave a Reply

Your email address will not be published. Required fields are marked *