सामाखुसीबाट बेपत्ता भएका साजन दक्षिणकालीस्थित बागमती नदी किनारमा मृत फेला

Thankot Times

थानकोट ।

साउन ७ गते सामाखुसीमा नालाबाट बेपत्ता भएका बालक मृत फेला परेका छन्।

बिहीबार दिउँसो ३ बजे १३ वर्षीय बालक साजन मगर दक्षिणकाली नगरपालिका-७ भुल्कास्थित बागमती नदी किनारमा मृत फेला परेको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी दिनेशराज मैनालीले जानकारी दिए।

उनका अनुसार मृतकको शव सनाखत भइसकेको छ।

साजनको शव पोष्टमर्टमको लागि शव टिचिङ अस्पतालमा लगिएको प्रहरीले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ