राष्ट्रिय स्वतन्त्र पार्टीको कीर्तिपुर नगर सभापतिमा जयराम कार्की
थानकोट ।
राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडाैं क्षेत्र नं. १० का तीनवटै स्थानीय तहमा नेतृत्व चयन गरेको छ ।
पछिल्लो पटक रास्वपाले कीर्तिपुर नगर कमिटि गठन गरेको छ । जसअनुसार सो नगरको सभापतिमा जयराम कार्की निर्वाचित भएका छन्। पुजा महर्जन के.सी उपसभापति सर्वसम्मत चुनिँदा दिपु महर्जन सचिव तथा किशोर बाँस्कोटा कोषाध्यक्ष चुनिएका छन् ।
यस्तै श्रीभुवन महर्जन, अमर महर्जन, श्रीमाया महर्जन, शर्मिला सुनार सदस्यमा चुनिएका छन् । ११ सदस्यीय कीर्तिपुर नगर कमिटिमा रिक्त पदमा अर्को बैठकबाट पुर्णता दिइने रास्वपाले जनाएको छ । यसअघि रास्वपाको कीर्तिपुर नगर संयोजक डा. सुरज बाबू के.सी चयन भएका थिए ।
रास्वपाको कीर्तिपुर नगर कमिटि गठनका क्रममा सो पार्टीका उपसभापति एवं सांसद् डीपी अर्याल, पूर्वमन्त्री एवं सांसद् शिशिर खनाल लगायतका शीर्ष नेताहरूको उपस्थिति रहेको थियो ।
रास्वपा स्रोतका अनुसार हालसम्म कीर्तिपुर नगरमा २५७ जनाले पार्टी सदस्यता लिइसकेका छन् । काठमाडाैं क्षेत्र नं. १० मा ७५० जनाले सो पार्टीक सदस्यता लिएका छन् ।












