दाम्लोसहितको भैंसी बुद्धनगरको सडकमा, चन्द्रागिरिकै घटना घट्ने त्रासमा प्रहरी परिचालन
थानकोट ।
काठमाण्डौको बुद्धनगरमा भैँसी समात्न प्रहरी खटिएका छन् ।
गोठबाबाट दाम्लोसहित भागेको एउटा भैँसी अलपत्र अवस्थामा बिहान बुद्धनगरमा भेटिएको प्रहरी वृत्त नयाँ बानेश्वरले जनाएको छ ।
भैँसी कहाँबाट आयो र कसले पालेको हो भन्ने खुलिसकेको छैन् ।
भैंसीले अरुलाई हान्न सक्ने जोखिम रहेकाले निगरानीमा राखिएको प्रहरीको भनाइ छ ।
भैँसी भागेर बुद्धनगरको ज्ञान निकेतन स्कुलको हाताभित्र छिरेको छ । भैँसीलाई त्यहीँबाट समात्न प्राविधिक टोलीलाई खबर गरिएको प्रहरीले जनाएको छ ।
यसअघि २०७५ साल फागुनमा चन्द्रागिरि नगरपालिका ९ मच्छेगाउँबाट भागेको राँगोको आक्रमणबाट थानकोट चेकपोष्टमा स्थानीय कान्छा श्रेष्ठको ज्यान गएको थियो । सो राँगोलाई प्रहरीले दहचोकमा गोली हानेर मारिएको थियो ।
यस्तै गत वर्ष साउन १३ गते थानकोटमा गाडीबाट झार्ने क्रममा राँगो भागेपछि चन्द्रागिरि-४ थानकोटमा प्रहरीले गोली हानेर मारेको थियो ।
गाडीबाट झार्ने क्रममा भागेको राँगोले आतंक मच्चाएपछि थानकोट गोदाममा प्रहरीले गोली हान्यो












