मुग्लिन नाग्दी खोलामा पहिरो, सडक अवरूद्ध
थानकोट ।
मुग्लिननजिकैको नाग्दी खोलामा पहिरो खस्दा मुग्लिन-मलेखु सडक अवरूद्ध भएको छ ।
शुक्रबार साँझ मुग्लिन-मलेखु सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-४ स्थित नाग्दी खोलामा पहिरो खसेर सडक अवरुद्ध भएको हो ।
पछिल्लो समय यस सडक मार्गका विभिन्न क्षेत्रमा पहिरो खस्दा यातयात सञ्चालनमा अवरोध सृजना हुँदै आएको छ ।
प्रतिकात्मक तस्बिर












