निरन्तरको झरीका बीच आज ‘बागमती नदी महोत्सव जलजात्रा’

Thankot Times

थानकोट ।

नेपाल नदी संरक्षण संस्था, नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिस (नारा) र फेन्ड्स क्लब कुपन्डोलले आज ‘बागमती नदी महोत्सव जलजात्रा’ गर्दैछ ।

बागमती नदीको अवस्था र त्यसको व्यवस्थापनबारे समग्रतामा जानकारी दिने उद्देश्यसहित जलजात्राको २३औँ संस्करणका रूपमा मनाउन लागिएको नाराका अध्यक्ष शिव अधिकारीले जानकारी दिए ।

ललितपुरको कुपन्डोलस्थित बागमती पुलछेउमा शनिबार बिहान ७ बजे उपस्थित भएर जलजात्रामा सहभागी हुन पनि उनले सबैलाई आह्वान गरे ।

जलजात्रामा सरकारी निकाय, सञ्चारकर्मी, विद्यार्थी, स्थानीय, बागमती सफाइ अभियानमा संलग्न गरी करिब एक हजार जना सहभागी हुने अपेक्षा गरिएको छ । बागमती नदी किनारामा पार्क तथा खेलकुद मैदानसमेत निर्माण हुने गरी आफूहरूले जलजात्रा अभियानलाई निरन्तरता दिँदै आएको पनि नाराले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *