कतै यात्रा गर्दै हुनुहुन्छ ? जान्नुहोस् आज दिनभरको मौसम पूर्वानुमान
थानकोट।
थानकोट क्षेत्रको आकाशमा आंशिक बदली भइरहेको छ ।
माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरमा अवस्थित छ। साथै हाल बङ्गलादेशको उत्तरी भू-भागमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ।
महाशाखाका अनुसार आइतबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।
देशका पहाडी भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र बाँकी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा-हुरीको समेत सम्भावना रहेको छ। गण्डकी प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
त्यस्तै सोमबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।
देशका पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा र बाँकी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।












