मापसे गरि सवारी साधन हाँक्ने ९२ जना कारबाहीमा
थानकोट ।
ट्राफिक प्रहरीले आइतबार बिहान ६ बजेबाट सोमबार बिहान ६ बजेसम्म विभिन्न शीर्षकमा ३ हजार २३ जना सवारी चालकमाथि कारबाही गरेको छ ।
ट्राफिक प्रहरीका अनुसार सो अवधिमा मादक पदार्थ सेवन गरी सवारी हाँक्ने ९२ जना, लेन अनुशासन पालना नगर्ने २१३ जना, रातो बत्तिमा सवारी हाँक्ने ७३ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ८ जना चालक कारबाहीमा परेका हुन् ।
यसैगरी सही रूपमा नम्बर प्लेट नराख्ने २७ जना चालक पनि कारबाहीमा परेका छन् ।
महानगरीय प्रहरी महाशाखाका अनुसार तिव्र गतिमा सवारी चलाउने ३३१ जना तथा अन्य विभिन्न कसुरमा २ हजार २ सय ७९ जना चालक कारबाहीमा परेका छन् ।












