घरबाट बाहिर निस्कनु अघि थाहा पाउनुहोस आजको माैसम पूर्वानुमान
थानकोट ।
माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोसी, मधेस र बागमती प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।
यस्तै कोसी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद् रोजन लामिछानेले हल्कादेखि मध्यम वर्षाको सम्भावना कायमै रहेको र तत्काल भारी वर्षा वा लगातार वर्षाको सम्भावना भने नरहेको बताए । धेरै असर गर्ने खालको वर्षा तत्काल नहुने पनि उनको भनाइ छ ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागको थोरै स्थानहरूमा र बाँकी भू-भागको एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।












