जान्नुहोस आज दिनभरको माैसम पूर्वानुमान

Thankot Times

थानकोट । 

माैसम पूर्वानुमान महाशाखाका अनुसार देशका केही भू–भागमा आज हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
 
आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । कोसी प्रदेशका थोरै स्थानमा तथा देशका बाँकी भू-भागका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।  

महाशाखाले आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । कोसी प्रदेशसहित वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा र देशका बाँकी भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी भू–भागको एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

हल्का देखि मध्यम वर्षाको सम्भावना रहका क्षेत्रका नदीमा जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू–क्षय जस्ता प्रकोपको सम्भाना रहेको महाशाखाले जनाएको छ । दैनिक जनजीवन र सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भन्दै महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ । 

मनसुनको न्यूनचापीय रेखा अहिले सरदर स्थानको आसपासमा रहेको छ ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *