पञ्चाङ्ग निर्णायक समितिले भन्यो- जनैपूर्णिमा, रक्षाबन्धन र गाईजात्रा भोलि (भदाै १४ मा) नै हाे (सूचनासहित)

Thankot Times

थानकोट ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा रक्षाबन्धन, जनैपूर्णिमा र गाईजात्रा पर्व भदौ १४ गते बिहीबार पर्ने स्पष्ट गरेको छ।

यस वर्ष तिथिको घटबढका कारण दुई दिनपर्ने पर्व एकै दिन परेको समितिले जनाएको छ। बिहीबार सूर्य उदयकालमा पूर्णिमा रहेका कारण यसैदिन जनैपूर्णिमा र रक्षाबन्धन मनाउन समितिले आग्रह गरेको हो।

धर्मशास्त्रको परम्पराअनुसार उदयव्यापिनी (सूर्य उदय भएको) तिथिलाई आधार मान्नुपर्ने भन्दै समितिले बिहीबार नै मनाउनुपर्ने जनाएको छ। बुधबार ११:२८ घडी अर्थात् १०:१७ बजेपछि चतुर्दशी सकिएर पूर्णिमा तिथि लाग्ने पञ्चाङ्गमा उल्लेख छ। बिहीबार ५:१८ घडी मात्रै पूर्णिमा रहेको बताइएको छ।

यसैकारण काठमाडौं उपत्यकामै कतिपय समुदायले बुधबार नै रक्षाबन्धन गर्ने तयारी गरेका छन्। ​उदय पूर्णिमा १ घडीमात्र भए पनि त्यही दिन यो पर्व मनाइएको समितिले जनाएको छ।

तिथि घटबढका कारण जनमानसमा भ्रम परेको भन्दै विज्ञप्ति निकालेर यसबारे प्रष्ट पारेको हो। केही स्थानीय तहले विशेष गरी नेवार समुदायमा मनाइने गाइजात्रा पर्वका लागि आज (बुधबार) जनैपुर्णिमा र भोलि बिहिबार  गाईजात्रा अर्थात् सापारु पर्व मनाउने निर्णय गरेका छन्।

भक्तपुर नगरपालिकाले सूचना नै प्रकाशन गरेर १३ गते रक्षाबन्धन र १४ गते गाईजात्रा अर्थात् सापारु पर्व मनाउने निर्णय गरेको छ।

चन्द्रागिरि नगरका विभिन्न वडाहरूमा १४ गते जनैपूर्णिमा र १५ गते गाईजात्रा अर्थात् सापारु पर्व मनाउने निर्णय गरिएका छन् ।

चन्द्रागिरि नगरमा फरक-फरक मितिमा सापारु (गाईजात्रा) मनाउने निर्णय भएसँगै चर्को आलोचना


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ