भदौ १५ गते काठमाडौँ महानगरपालिकामा सार्वजनिक बिदा

Thankot Times

थानकोट ।

काठमाडौँ महानगरपालिकाले भदौ १५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सो दिन सापारु र रोपाइँ जात्रा समेत मनाउने प्रचलन अनुसार महानगरपालिका क्षेत्रभित्र सार्वजनिक बिदा दिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले जारी गरेको सूचनामा उल्लेख छ ।

काठमाडौँ महानगरपालिका स्थानीय राजपत्र संवत् २०८० भाद्र १३ गते प्रकाशित सूचना अनुसार संवत् २०८० भाद्र १५ गते शुक्रवारका दिनमा सापारु र रोपाइँ जात्रा समेत मनाउने प्रचलन अनुसार उक्त परम्परालाई निरन्तरता दिई महानगरपालिकाको मौलिक अमृत सम्पदाको संरक्षण गर्न संवत् २०६० भाद्र १५ गते शुक्रबारका दिन काठमाडौं महानगरपालिका क्षेत्रभित्र सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ’, सूचनामा भनिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *