गजुरी घाटबेसीमा यात्रुबस दुर्घटना

Thankot Times

थानकोट ।

धादिङको गजुरी गाउँपालिका- ५ घाटबेँसीमा यात्रुबस दुर्घटना हुँदा ९ जना घाइते भएका छन्।

चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको ना ८ ख ८६९६ नम्बरको बस अनियन्त्रित भई भित्तामा ठोक्किँएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए।

बसमा सवार २९ जनामध्ये नौजनाको गजुरी प्राथमिक स्वास्थ्य केन्द्र उपचार भइरहेको उनको भनाइ छ। चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *