भदाै १६ गते शनिबार सुन्दरीजलबाट चोभारसम्म २५ किलोमिटर र्‍याफ्टिङ र्‍याली

Thankot Times

थानकोट ।

बागमती नदीमा साहसिक खेल र्‍याफ्टिङ खेल प्रवर्द्धन गर्ने तथा नदीलाई स्वच्छ राख्ने उद्देश्यले र्‍याफ्टिङ र्‍याली हुने भएको छ ।

जिल्ला समन्वयन समिति, काठमाडौंको आयोजना तथा नेपाल र्‍याफ्टिङ  एण्ड क्यानोइङ संघको प्राविधिक सहयोगमा भदाै १६ गते शनिबार एक दिने र्‍याफ्टिङर्‍ याली  हुन लागेको हो ।

जिल्ला समन्वयन समिति काठमाडौंले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै सबै स्थानीय निकायको सहकार्यमा ‘हामी सँगसँगै सहकार्य गरौँ’ भन्ने नारा लिएर ऐतिहासिक बागमती नदिमा र्‍याफ्टिङ र्‍याली गर्ने जानकारी दिएको हो ।

र्‍याली गोकर्णेश्वर नगरपालिकास्थित सुन्दरीजलदेखि सुरु भएर कीर्तिपुर नगरपालिकाको चोभार पुगेर समापन हुनेछ ।

जिल्ला समन्वयन समिति, काठमाडौंका प्रमुख सन्तोष बुढाथोकीले काठमाडौं जिल्लाभित्र रहेका काठमाडौ महानगरपालिकासहित दशवटै नगरपालिकाले बागमती सभ्यतालाई जोगाउने अभियानमा साथ दिने अपेक्षा लिएको बताए ।

कुल ४५ वटा डुङ्गाले सुन्दरीजलदेखि चोभारसम्म २५ किलोमिटरको दूरी पार गर्नेछ ।

प्रत्येक ढुङ्गामा एउटा गाइडसहित जनप्रतिनिधि र स्थानीय गरी ६ जना हुने नेपाल र्‍याफ्टिङ एन्ड क्यानोइङ संघका अध्यक्ष राजीव श्रेष्ठले बिहीबार आयोजित पत्रकार सम्मलेनमा जानकारी दिए । शनिबार बिहान ७ः ३० बाट सुरु हुने र्‍याफ्टिङ र्‍याली यात्रा साँझ ५ः३० सम्म सञ्चालनमा हुनेछ ।

यस अवधिमा सुन्दरीजलबाट उत्तर गयासम्म ८ किलोमिटर यात्रा गरेपछि पहिलो चेक पोइन्ट अन्त्य हुनेछ ।

त्यसपछि उत्तर गयाबाट गोकर्णेश्वर मन्दिरसम्म ५ किलोमिटर र्‍याफ्टिङ हुनेछ ।

सोही मन्दिरबाट एल्लो ब्रिजसम्म ४ किलोमिटरको यात्रा गरेपछि तेस्रो चेक पोइन्ट सकिनेछ ।

त्यस्तै अन्तिम चेक पोइन्ट एल्लो ब्रिजदेखि ८ किलोमिटरको यात्रा चोभारमा गएर टुङ्गिने आयोजक जिल्ला समन्वयन समिति, काठमाडौंले जनाएको छ ।

आयोजक जिल्ला समन्वयन समिति काठमाडौंले यो अभियानबाट बागमती नदिमा पनि र्‍याफ्टिङ गर्न सकिन्छ भन्ने सन्देश दिने, नदीलाई स्वच्छ र सुन्दर बनाउने र नदीमा प्रदूषण नियन्त्रणका लागि जनचेतना अभिवृद्धि गर्ने विश्वास व्यक्त गरेको छ ।

मूल तस्बिरः वाङ लाइ 

अन्य तस्बिरः सामाजिक सञ्जाल


Leave a Reply

Your email address will not be published. Required fields are marked *