‘त्रिभुवन पार्क चन्द्रागिरि नगरलाई हस्तान्तरणको तयारी सुरु गर्छु’- प्रधानमन्त्री दाहाल

Thankot Times

थानकोट ।

प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डले त्रिभुवन पार्कको विषय आफु तेस्रोपटक प्रधानमन्त्री हुँदा समेत लगातार ठोक्किन आइपुगेको बताएका छन् ।

शनिबार चन्द्रागिरि नगरपालिका-२ बाँडभञ्ज्याङस्थित घट्टे डाँडामा आयोजित जनतासँग माओवादी विशेष अभियानका उद्घाटनका क्रममा प्रधानमन्त्री दाहालले आफु पहिलो प्रधानमन्त्री हुँदा पनि त्रिभुवन पार्कको कुरा आफु कहाँ आइपुगेको, आफु दोश्रो पटक प्रधानमन्त्री हुँदा पनि त्रिभुवन पार्कको कुरा आफु कहाँ आइपुगेको र अहिले तेस्रो पटक प्रधानमन्त्री भइरहँदा पनि आफु कहाँ ठोक्किन आइपुगेको भन्दै स्थानीयको सुझाव समेतलाई मध्यनजर गर्दै त्रिभुवन पार्क स्थानीय निकाय (चन्द्रागिरि नगरपालिका) लाई व्यवस्थापनका हस्तान्तरणका लागि तयारी सुरु गरिने  लागि जिम्मा लगाउने घोषणा गरे ।

शनिबार घट्टेडाँडामा आयोजित जनतासँग प्रश्नोत्तर कार्यक्रममा स्थानीयहरूले त्रिभुवन पार्कको व्यवस्थापनका विषयमा कुरा उठाएपछि प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले घोषणा गरेका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *