२ महिनापछि आज बागमती प्रदेशसभा बैठक बस्दै
थानकोट ।
बागमती प्रदेशसभा बैठक २ महिनापछि आज बस्दैछ ।
बागमती प्रदेशसभा सचिवालयका अनुसार भदौ १८ गते आज दिउँसो १ः३० बजे प्रदेशसभाको बैठक बस्ने तय भएको छ ।
पर्याप्त बिजनेस नुहँदा प्रदेशसभा बैठक २ महिनादेखि बस्न नसकेको थिएन । प्रदेशसभा विजिनेस विहीन भइ बस्न नसकेको अवस्थामा प्रदेश सरकारले ऐन संशोधनका लागि र नयाँ विद्येयक दर्ता गराएर बैठक आह्वान गरेको हो ।
बैठक राख्नका लागि गत भदौ ५ गते बसेको प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले पनि प्रदेशसभा सचिवालयलाई सिफारिस गरेको थियो । मन्त्रिपरिषदले भदो १७ का लागि बैठक आह्वान गर्न सिफारिस गरेपनि सचिवालयले १८ गतेका लागि बैठक तोकेको हो ।
गत असार २२ गते प्रदेश सरकारको चालु आर्थिक वर्षको बजेट पारित गरगै अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको प्रदेशसभा बैठक भदौ १८ गते सोमबारका लागि बोलाइएको हो । सदन सञ्चालनको लागि संसद सचिवालयमा सरकारकातर्फबाट विद्येयकहरु पेश हुन नसक्दा बैठक अनिश्चित बनेको थियो । प्रदेश सरकारको तर्फबाट सदनमा केही विद्येयकहरु दर्ता भएपछि सदन आह्वान गरिएको हो ।












