घरबाट बाहिर निस्कनुअघि थाहा पाउनुहोस आजको माैसम पूर्वानुमान
थानकोट ।
माैसम पूर्वानुमान महाशाखाले आज देशका केही भू-भागमा वर्षाको सम्भावना रहेको जनाएको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
महाशाखाका अनुसार बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । बागमती र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।
दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । महाशाखाले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको जनाएको छ ।
महाशाखाका अनुसार आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
मनसुनको न्यूनचापीय रेखा मंगलबार पश्चिमी भू–भाग सरदर स्थानको उत्तरतिरमा छ । पूर्वी भू–भाग सरदर स्थानको दक्षिणतिर छ । साथै बंगालको खाडीको उत्तर–पश्चिम भागमा रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको महाशाखाको भनाइ छ ।












