बिहानैबाट चर्को घाम, कस्तो रहला दिनभरको माैसम ?

Thankot Times

थानकोट ।

चन्द्रागिरि क्षेत्रमा बिहानैबाट चर्को घाम लागेको छ ।

माैसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जनाएको छ भने नेपालमा हाल  भारतको पूर्वी मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ।

महाशाखाका अनुसार आज शनिबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम  प्रदेशका  केही  स्थानहरू साथै बाँकी प्रदेशका थोरै स्थानहरूमा  मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशका केही स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको छ।

भोलि आइतबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ। लुम्बिनी प्रदेश र कर्णाली प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा साथै देशका बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

हिजो शुक्रबार चन्द्रागिरि लगायतका क्षेत्रमा साँझपख भीषण वर्षा हुँदा जनजीवन प्रभावित भएको थियो श्र


Leave a Reply

Your email address will not be published. Required fields are marked *