गैह्रीगाउँ हत्या प्रकरण : छानबिन गर्न पाँच सदस्यीय समिति गठन

Thankot Times

थानकोट। 

काठमाडौंको गैह्रीगाउँमा भएको चारजनाको हत्याबारे अनुसन्धान गर्न प्रहरीले वरिष्ठ उपरीक्षक सोमेन्द्र सिंह राठौरको संयोजकत्वमा अनुसन्धान समिति गठन गरेको छ ।

उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले पाँच सदस्यीय अनुसन्धान समिति गठन गरेको हो । 

उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले प्रहरी नायव उपरीक्षक हरि खतिवडा, प्रहरी नायव उपरीक्षक सुवास खड्का, प्रहरी नायव उपरीक्षक सुरक्षा के.सी. र प्रहरी निरीक्षक वीरेन्द्र के.सी. सदस्य रहेको समिति गठन गरिएको हो । 

क्त घटनाको सम्बन्धमा अनुसन्धानका विविध विधिलगायत अधिकतम प्रयोग गरी सुक्ष्म तवरले अनुसन्धान गरी तत्काल प्रतिवेदन पेस गर्न भनिएको छ । 

तीनकुनेस्थित गैह्रीगाउँमा दिव्या सःमिल भित्र गएराति चारजना मृत फेला परेका थिए । धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा उनीहरू मृत फेला परेका थिए । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *