कतै यात्रा गर्नुअघि थाहा पाउनुहोस आज दिनभरको माैसम पूर्वानुमान

Thankot Times

थानकोट । 

चन्द्रागिरि नगर क्षेत्रमा आंशिक बदली भएको छ । यद्यपी घाम भने लागेको छ । माैसम पूर्वानुमान महाशाखाले हाल  मनसुनको  न्यून  चापीय  रेखा सरदर  स्थानको दक्षिणतिर अवस्थित रहेको जनाएको छ।

जसको प्रभावले  देशका  पहाडी  भूभागको  थोरै  स्थानहरूमा  र  बाँकी  भूभागको  एक–दुई  स्थानमा  चट्याङ्गसहित  हल्का देखि  मध्यम  वर्षाको  सम्भावना  रहेको महाशाखाले जनाएको छ।

आज दिउँसो देशभर  आंशिक देखि  सामान्य  बदली  रहनेछ।  कोशी,  बागमती,  गण्डकी  र  लुम्बिनी  प्रदेशका  केही  स्थानहरूमा  र  बाँकी  प्रदेशका  थोरै  स्थानहरूमा चट्याङ्गसहित  हल्का देखि  मध्यम  वर्षाको  सम्भावना  रहेको  छ।

आज राति  देशको  पहाडी  भूभागको  थोरै  स्थानहरूमा  र  बाँकी  भूभागको  एक–दुई  स्थानमा चट्याङ्ग सहित  हल्का  देखि  मध्यम  वर्षाको  सम्भावना  रहेको  महाशाखाले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *