दोश्रो मातातीर्थ गोल्डकप असोज २० गतेबाट, विजेतालाई ३ लाख नगद पुरस्कार
थानकोट ।
दोश्रो मातातीर्थ गोल्डकप फुटबल प्रतियोगिता असोज २० गते शनिबारबाट सुरू हुने भएको छ ।
मातातीर्थ संरक्षण तथा विकास संस्थाको आयोजना सञ्चालन हुने सो प्रतियोगिताका विजेताले नगद ३ लाख रूपैयाँ तथा शिल्ड पुरस्कार पाउने बताइएको छ।
मातातीर्थ संरक्षण तथा विकास संस्थाका अध्यक्ष शान्त उदासका अनुसार प्रतियोगिताका उपविजेताले नगद २ लाख रूपैयाँ तथा शिल्ड पाउने प्रतियोगितामा तेश्रो हुने टोलीले नगद १ लाख रूपैयाँ हात पार्नेछ ।
व्यक्तिगत विधातर्फका अब्बल खेलाडीहरूले जनही १० हजार रूपैयाँ तथा ट्रफि हात पार्दा अनुशासित टिमले २० हजार रूपैयाँ प्रोत्साहन रकम पाउनेछ ।
चन्द्रागिरि नगरपालिका-०६ बालागाउँ मातातीर्थस्थित फुटबल मैदानमा सञ्चालन हुने नकआउट फुटबल प्रतियोगिता ‘नाइन ए साइड फर्म्याट’ मा खेलाइने आयोजकले जानकारी दिएको छ ।
फाइनल खेल कार्तिक ३ गते खेलाइने सो प्रतियोगितामा सहभागिताका लागि १५ हजार रूपैयाँ दर्ता शुल्क लाग्ने बताइएको छ ।
२४ टोली सम्मिलित प्रथम संस्करणको मातातीर्थ गोल्डकपको उपाधी किसिपिडी युथ क्लबले हात पारेको थियो ।













