यु-१९ साफ च्याम्पियनसिप २०२३ः फाइनल पुग्न नेपालले भारतसँग खेल्ने
थानकोट ।
काठमाडाैंमा जारी साफ यू-१९ च्याम्पियनसिपकाे सेमिफाइनलमा नेपालले भारतसँग खेल्ने भएकाे छ ।
साेमबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएकाे समूह ‘बी’ काे अन्तिम खेलमा भुटानलाई २-१ गाेलले हराउँदै भारत समूह विजेता बनेपछि सेमिफाइनलमा नेपालसँगकाे भेट पक्का भएकाे हाे ।
साेमबार नै सम्पन्न समूह ‘ए’ काे अन्तिम खेलमा माल्दिभ्सलाई ४-१ गाेलले हराउँदै नेपाल समूह उपविजेता भएर सेमिफाइनलमा पुगेकाे थियाे ।
यस्तै अर्काे सेमिफाइनलमा पाकिस्तान र भुटानबीच खेल हुनेछ । पाकिस्तान समूह ‘ए’ काे काे विजेता र भुटान समूह ‘बी’ काे उपविजेता बनेर सेमिफाइनलमा पुगेका हुन् ।
सेमिफाइनल खेल बुधबार हुनेछ ।
पहिलाे खेलमा पाकिस्तान र भुटान तथा दाेस्राे खेलमा नेपाल र भारत खेल्नेछन् ।
प्रतियाेगिताकाे फाइनल खेल शनिबार हुनेछ ।












