मच्छेगाउँमा लाखे नाचको राैनक (फोटो फिचर)

Thankot Times

थानकोट ।

नेपाल साँस्कृतिक कला मन्दिरको आयोजनामा चन्द्रागिरि नगरपालिका ९ मच्छेगाउँमा २ दिने लाखे प्रदर्शनी सम्पन्न भएको छ।

छैटाैं लाखे प्रदर्शनीका क्रममा देशका विभिन्न जिल्लाबाट सहभागी भएका करिब ६० वटा समुहले लाखे नाच देखाएका थिए ।

आधुनिक संस्कार र संस्कृतिमा रमाइरहेका युवा जमातलाई आफ्नो मौलिक कला संस्कृति र पहिचानको बारेमा अवगत गराई उनीहरुलाई प्रत्यक्ष अनुभव गराउनु नै प्रदर्शनीको मुख्य उद्धेश्य रहेको आयोजक नेपाल साँस्कृतिक कला मन्दिरका अध्यक्ष रमेश शाहीले बताउनुभयो ।

तस्बिरहरूः प्रदिप महर्जन


Leave a Reply

Your email address will not be published. Required fields are marked *