इन्दजात्राका दिन विशिष्ट व्यक्तिले ‘नो भेहकल जोन’ पालना गरेकोमा मेयर बालेनद्वारा खुशी व्यक्त

Thankot Times

थानकोट ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले विश्व सम्पदा क्षेत्रमा राष्ट्रपतिसहित विशिष्ट व्यक्तिले महानगरपालिकाले बनाएको ‘नो भेहकल जोन’ पालना गरेकोमा ठूलो उपलब्धि भएको प्रतिक्रिया दिएका छन् ।

बिहीबार बसन्तपुरमा इन्द्रजात्रा अवलोकन गर्न राष्ट्रपति रामचन्द्र पौडेल, सभामुख देवराज घिमिरे, मन्त्रीलगायत विशिष्ट व्यक्तिहरू पैदल हिँडेर गएका थिए ।

सोही तस्बिर सामाजिक सञ्जाल फेसबुकमा शेयर गर्दै उनले उपलब्धि भएको उल्लेख गरेका हुन् ।

‘सम्माननीय राष्ट्रपति, अन्य विशिष्ट अतिथीहरूले काठमाडौँ महानगरको अनुरोध स्वीकार गरिदिएर विश्व सम्पदा क्षेत्रमा हामीले बनाएको नो भेहकल जोन (सवारी साधन निषेधित क्षेत्र) मा सवारी साधन प्रवेश गराइदिनु भएन । उहाँहरुले जुद्ध सालिकदेखि पैदल नै गई जात्रा अवलोकन गरिदिनु भो । हामीलाई विश्वास छ, यसबाट सम्माननीय राष्ट्रपति, अन्य विशिष्ट अतिथीहरूले जात्रा अवलोकन गर्न पैदल जाने अभ्यासलाई संस्थागत बनाउने छ । सामान्य जस्तो लागे पनि काठमाडौँका सम्पदा संरक्षणमा यो अर्को फड्को हो’,

उनले उल्लेख गरेका छन् ।  साथै उनले परिवर्तनलाई स्वीकार गरेकोमा उनले सबैलाई आभारी व्यक्त गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *