१९औं एसियाड: एथलेटिक्सले दिलायो नेपाललाई पहिलो खुसीको खबर

Thankot Times

थानकोट ।

एसियाली खेलकुदको एथलेटिक्सतर्फ पुरुष १० हजार मिटर दौडमा नेपालका दीपक अधिकारीले राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।
हाङझाव ओलम्पिक स्पोर्ट्स सेन्टरमा शनिबार भएको स्पर्धामा दीपकले निर्धारित दूरी २९ मिनेट ३५.०६ सेकेन्डमा पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएका हुन् ।

उनले सन् २०१४ मा दक्षिण कोरियाको इन्चोनमा भएको १७ औं एसियाली खेलकुदमा गोपीचन्द्र पार्कीले बनाएको कीर्तिमान् भंग गरेका हुन् । गोपीले ३० मिनेट ३०.९९ सेकेन्डको कीर्तिमान बनाएका थिए ।

दीपक ९ वर्षपछि उक्त कीर्तिमान् तोड्न सफल भए ।

जारी एसियाडमा दीपक नयाँ राष्ट्रिय कीर्तिमान बनाउने एक नेपाली खेलाडी समेत बने छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *