१९औं एसियाडः पुरुष क्रिकेटमा नेपाल र माल्दिभ्स भिड्दै, टस जितेर नेपाल पहिले ब्याटिङमा

Thankot Times

थानकोट ।

चीनमा जारी १९औं एसियाली खेलकुदको क्रिकेटमा नेपालले आज माल्दिभ्ससँग खेलिरहेको छ । खेल नेपाली समय अनुसार बिहान पौने ७ बजे हान्झाउमा शुरु भएको छ ।

खेलमा टस जितेर नेपालले पहिले ब्याटिङ गरिरहेको छ ।

आजको खेल जितेमा नेपाल क्वाटरफाइनलमा पुग्नेछ ।

नेपालले पहिलो खेलमा मङ्गोलियालाई २ सय ७३ रनले हराएको थियो भने माल्दिभ्सले पनि पहिलो खेलमा मङ्गोलियालाई ९ विकेटले हराएको थियो । नेपाल र मङ्गोलियाबीचको खेलमा विभिन्न विश्व कीर्तिमान समेत बनेका थिए ।

टी-२० मा ३ सय रन बनाउने नेपाल पहिलो देश बनेको थियो भने कुशल मल्लले सर्वाधिक छिटो ३४ बलमा शतक र दिपेन्द्रसिंह ऐरीले ९ बलमै अर्धशतकको कीर्तिमान बनाएका थिए ।

माल्दिभ्सको पहिलो रोजाइको टोली भने एसियाडमा सहभागी छैन । टी-२० वरीयतामा नेपाल १६औँ र माल्दिभ्स ७८औँ स्थानमा छ ।

नेपाल र माल्दिभ्सबीच अहिलेसम्म दुई वटा टी-२० खेल भएकोमा नेपाल विजयी भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *