पश्चिम नेपालमा भूकम्पको शक्तिशाली धक्का, भारतमा समेत कम्पन महशुस
थानकोट ।
बझाङमा एकैदिन भूकम्पका दुई ठूला धक्का मापन गरिएको छ । मंगलबार दिउँसो २६ मिनेटको अन्तरमा भूकम्पका दुई ठूला धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
दिउँसो २ बजेर ४० मिनेटमा बझाङको तालकोट आसपास केन्द्रविन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।
बझाङमा गएको भूकम्पको धक्का नयाँ दिल्लीसम्म पुगेको छ ।
दिल्लीसहित त्यस वरपर भूकम्पको झड्का महसुस भएको आजतकले जनाएको छ ।
समाचारअनुसार भूकम्पको झड्काका कारण नयाँ दिल्लीमा धेरैबेर हल्लाएको थियो । भारतीय नेशनल सेन्टर फर सिस्मोलोजीले भने नेपालमा ६.२ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ ।












